Logo ५ पुस २०८२, शनिबार | Sat Dec 20 2025


प्रभु बैंकमा आगलागी


0
Shares

चितवन, बैशाख १५ । चितवनको नारायणगढस्थित प्रभु बैंकमा आगलागी भएको छ ।

विद्युत चुहावट भई आगलागी भएको वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक रवीनबाबु रेग्मी बताए ।

उनका अनुसार स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र दमकलको सक्रियतामा आगो नियन्त्रणमा लिइएको छ ।

बिहान ११ बजे लागेको आगो ४५ मिनेट पछि नियन्त्रणमा लिइएको हो । क्षतिको विवरण आउन बाँकी रहेको उहाँले जानकारी दिए । रासस