२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


ट्रक व्यवसायी महासंघको ७ औं महाधिवेशनको तयारी पूरा


117
Shares

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघको १५ औं साधारण सभा तथा ७ औं महाधिवेशनको तयारी पूरा भएको छ ।

शुक्रबार ललितपुरको धोबिघाट स्थित सिद्धार्थ कटेजमा हुन लागेको साधारणसभाको तयारी पूरा भएको महासंघका महासचिव एवं प्रवक्ता राजेन्द्र विक्रम बानियाँले जानकारी दिनुभयो ।

महाधिवेशनले २१ सदस्यीय महासंघको नयाँ कार्यसमिति चयन गर्ने क्रार्यक्रम रहेको छ । महाधिवेशनमा महासंघमा आवद्ध देशभरका झण्डै ५ सय ट्रक व्यवसायीले सहभागीता जनाउँदै छन् ।

हाल देशभर ७० हजार ट्रक व्यवसायी छन् भने यो क्षेत्रमा १५ खर्ब लगानी रहेको महासचिव बानियाँले बताउनुभयो ।