Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


सुत्केरी महिलाहरुलाई पोषिलो खानेकुरा सहितको कोशेली


0
Shares

म्याग्दी । मालिका गाउँपालिकाले लकडाउनबाट प्रभावित सुत्केरी महिलाहरुलाई पोषिलो खानेकुरा सहितको कोशेली अभियान शुरु गरेको छ ।

लकडाउनका कारण पोषिलो खानेकुराबाट बञ्चित नहोउन् भन्ने उद्देश्यले सुत्केरी महिलाहरुलाई पोषिलो खानेकुरा उपलब्ध अभियान शुरु गरेको हो ।

पछिल्लो समय ४ सय सुत्केरी महिलालाई पोषिलो खानेकुरा उपलब्ध गराइएको गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुले जानकारी दिइन् ।