न्यायाधीश-वकिल रकम लेनदेनको अडियो छानविन गर्न तीन सदस्यीय समिति गठन « Imagekhabar – Online News Portal of Nepal
१५ असार २०७९, बुधबार | Wed Jun 29 2022


न्यायाधीश-वकिल रकम लेनदेनको अडियो छानविन गर्न तीन सदस्यीय समिति गठन


78
Shares

काठमाडौं । न्यायापरिषदले घुस लेनदेन प्रकरणमा मुछिएका काठमाडौं जिल्ला अदातलका न्यायाधीश राजकुमार कोइरालामाथि छानबिन गर्न तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।

ठगी आरोप लागेका व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा रिहा गर्न मोलमोलाई गरेको अडियो प्रकरण सार्वजनिक भएपछि न्यायापरिषद्को बैठकले न्यायपरिषद सदस्य रामप्रसाद भण्डारीको संयोजकत्वमा उच्च अदालत पाटनका कायममुकायम मुख्य न्यायाधीश महेशप्रसाद पुडासैनी र उच्च अदालत पाटनकै न्यायाधीश महेश शर्मा पौडेलसहितको छानबिन समिति गठन गरेको हो ।

न्यायपरिषदले छानबिन समितिलाई छानबिन गरी सत्यतथ्य बुझेर प्रतिवेदन पेश गर्न ४५ दिनको समयसीमा दिएको छ । विवादित बनेका जिल्ला अदालतका न्यायाधीश कोइराला न्यायपरिषद्को यो निर्णयपछि स्वतः निलम्बनमा पर्नुभएको छ ।

न्यायापरिषद्मा उजुरी परेपछि प्रारम्भिक छानबिन पछि दोषी देखिएमात्रै छानबिन समिति गठन गर्ने कानूनी व्यवस्था छ । तर बुधबार बसेको न्याय परिषद्को बैठकले प्रारम्भिक छानबिन गरिरहनु पर्ने नदेखिएको भन्दै सोझै छानबिन समिति गठन गरेको छ ।