Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


रवि लामिछानेको पार्टीविरुद्ध आयोगमा उजुरी


7.4k
Shares

काठमाडौं । रवि लामिछानेले खोलेको नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । 

स्वतन्त्र उम्मेदवारी अभियानले लामिछाने नेतृत्वकाे पार्टीविरुद्ध निर्वाचन आयोगमा उजुरी दिएको हो। उजुरीमा पार्टीको नाममा ‘स्वतन्त्र’ शब्द प्रयोग भएकाे आपत्ति जनाउँदै उक्त शब्द हटाउन माग गरिएकाे अभियानका संयोजक डम्बर शाहुले जानकारी दिनुभयाे ।

रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गर्दै मंगलबार निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिनुभएकाे थियाे। उहाँको पार्टीको चुनाव चिह्न ‘घण्टी’ प्रस्ताव गरिएकाे छ। उजुरीका सम्बन्धमा अध्ययन तथा छानविनपछि उचित निर्णय लिने आयोगले जनाएकाे छ ।