१ जेष्ठ २०८२, बुधबार | Wed May 14 2025


उदयपुरमा कोरोना अस्पताल


0
Shares

उदयपुर, बैशाख १४ । उदयपुरमा कोरोना भाइरस विशेष अस्पताल बनाउन चौदण्डीगढी नगरपालिकाले भवन उपलब्ध गराउने भएको छ ।

चौदण्डीगढी नगरपालिका – ६ सातधारेमा सशस्त्र बेश क्याम्प बेलटारका लागि निर्माण गरिएको ५ वटा पक्कि भवन नगरपालिकाले उपलब्ध गराउने भएको हो ।

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राइले कोरोना भाइरस प्रभावित क्षेत्र त्रियुगा नगरपालिका भुल्केको अनुगमन तथा निरीक्षणसमेत गरे ।

भोजपुर, उदयपुर, खोटाङ , ओखलढुङ्गा र सोलुखुम्बुसहितलाई पायक पर्ने बेलटार सातधारेमा अस्पताल निर्माणका लागि आइबार प्रदेश सांसद, राजनितिक दल तथा जनप्रतिनिधि सहितको सर्बदलिय सर्बपक्षिय बैठकको निर्णय प्रदेश सरकारलाई पठाइएको नगरप्रमुख खगेन्द्र राइले जानकारी दिए ।