
अर्घखाँची, बैशाख १४ । भारतको नौतनवा क्वारेन्टाइनमा २६ दिन बिताएर आएका अर्घाखाँचीका १ सय २८ जनालाई स्थानीय तहले पुनः १४ क्वरेन्टाइनमा राखेको छ ।
उनीहरुको भैरहवामा कोरोना भाईरस परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको आए पनि पुनः लक्षण देखा पर्न सक्ने भएकाले क्वारेन्टाइनमा राखिएको सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज बेल्बासेले जानकारी दिए ।
जिल्लाको मालारानी गाउँपालिकाका ९३, सन्धिखर्क नगरपालिका २०, पाणिनि गाउँपालिकाका ९, छत्रदेव गाउँपालिकाका ४ र शितगंगा नगरपालिकाका १ गरी एक सय २८ जनालाईे क्वारेन्टाइनमा राखिएको हो ।
प्रतिक्रिया दिनुहोस्