Logo १५ भाद्र २०८३, सोमबार | Mon Aug 31 2026


फिल्म ‘रकेट्री’ मा बिना पारिश्रमिक काम गर्दै शाहरुख खान


1.9k
Shares

एजेन्सी । भारतीय फिल्मका सुपरस्टार शाहरुख खानले आर माधवनको फिल्म ‘रकेट्री : द नाम्बी इफेक्ट’ मा बिना पारिश्रमिक काम गरेका छन् ।

खानले उक्त फिल्ममा केमियो (अतिथि) भूमिका निभाएका छन् । उनी यस फिल्ममा एक पत्रकारको भूमिकाका देखिने छन् । यो फिल्म१ जुलाई देखि प्रदर्शनमा आउँदैछ । आर माधवनले फिल्मको प्रमोशन गर्न सुरु गरिसकेका छन् । सोही प्रमोशनको क्रममा उनले शाहरुख खानले उनको फिल्ममा काम गर्ने इच्छा रहेको बताएपछि उनले शाहरुखलाई फिल्ममा लिएका हुन् ।तर, शाहरुखले फिल्ममा काम गरे वापत कुनै पनि पारिश्रमिक नलिएको माधवनले बताएका छन् ।

नयाँ दिल्लीमा आफ्नो फिल्मको प्रमोशन गर्दै माधवनले शाहरुख खानलाई संझिर्दै भनेका छन्, ‘पहिला मलाई शाहरुखले फिल्मको बारेमा सोधे र पछि फिल्ममा काम गर्न इच्छा रहेको बताए । शाहरुखले भने मलाई यस फिल्मको ब्याकग्राउन्डकै भूमिका भएपनि हुन्छ । म यो फिल्मको केवल हिस्सा बन्न चाहान्छु ।’

माधवनलाई शाहरुखले यी सबै कुरा पहिला त जिस्कीएर भने जस्तो लागेको थियो । तर, पछि उनको श्रीमती सरिताको सल्लाहालाई मान्दै उनले शाहरुखका म्यानेजरलाई म्यासेज पठाएका थिए । शाहरुखका म्यानेजरले उनले शुटिङका लागि समय सोधेको भन्दै तुरुन्तै रिप्लाई गरेका थिए । आर माधवनले भारतीय संचारमाध्यमसँग भने ।

फिल्म ‘रकेट्रीः द नाम्बी इफेक्ट’मा शाहरुखसहित अर्का अभिनेता सूर्याले पनि केमियो रोल गरेका छन् । सूर्याले पनि उक्त रोल गरे वापत कुनै परिश्रमिक लिएका छैनन् । फिल्मलाई हिन्दी, तमिल, तेलगु, कन्नड र अंग्रेजी भाषमा प्रदर्शन गरिने छ ।