सर्लाही । सरकारले गरेको लकडाउनका कारण सर्लाहीका विभिन्न मन्दिर र सार्वजनिक स्थानमा रहेका सहाराविहिनहरु अलपत्र परेका छन् ।
अघिपछि बजारमा मागेर गुजार चलाइरहेकाहरु बन्दका कारण भोकभोकै बस्न बाध्य भएका छन् । कतिपय सहाराविहिनहरुलाई मानव सेवा आश्रमले खाना खुवाउने गरेको छ ।
तर स्थानीय प्रशासनले सहयोग नगर्दा आफूहरुले मात्र सबै सहाराविहिनहरुको पालनपोषण गर्न नसक्ने सेवा आश्रमका संस्थापका उपाध्यक्ष धर्मप्रसाद पौडेलको भनाइ छ ।
बजार र सार्वजनिक स्थलमा रहेका सहाराविहिनलाई राख्न भवन बनाउने तयारी भएको नगरपालिकाले जनाएको छ ।
लालबन्दी नगरपालिकाका मेयर मानबहादुर खड्काले प्रकोप नियन्त्रणका लागि छुट्टै भवन बनाउने तयारी रहेको बताए ।
चेतनाको अभावमा सरसफाइ र सुरक्षामा ध्यान नदिँदा कतिपयलाई विभिन्न रोग लाग्ने गरेको छ ।
अझ कोरोनाको महामारी भएको बेलामा खुला स्थानमा बस्ने उनीहरुमाथि संक्रमण हुन सक्ने चिकित्सकहरु बताउँछन् ।









प्रतिक्रिया दिनुहोस्