Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


‘ब्रिटानिया’ स्थापनाको १०० वर्ष पूरा, नायिका प्रियंका कार्की सद्भावनादूत नियुक्त


0
Shares

काठमाडौं, साउन २९ । सन् १९१८ मा स्थापना भएको ब्रिटानिया इन्डस्ट्रिजले स्थापनाको १०० वर्ष पूरा गरेको छ ।

यस अवसरमा कम्पनीले ‘स्माइल मोर फर अ गुड डे’ नारासहित नयाँ ‘टीभीसी’ सार्वजनिक गरेको छ ।

ब्रिटानियाले नेपाली नायिका प्रियंका कार्कीलाई आफ्नो उत्पादनको सद्भावनादूत पनि नियुक्त गरेको छ ।

कम्पनीले नेपालमा नै उत्पादन केन्द्र खोली उत्पादन गर्ने लक्ष्य लिएको पनि जनाइएको छ ।

नेपालको बिस्कुट बजारमा २० प्रतिशत बजार हिस्सा ओगट्दै बिस्कुट बजारको अग्रणी कम्पनी बन्न सफल भएको र आगामी दिनमा अझ सशक्त ढंगले अगाडि बढ्ने योजना रहेको ब्रिटानिया इन्डस्ट्रिज कम्पनी लिमिटेडका अन्तर्राष्ट्रिय व्यापारका उपाध्यक्ष अनिन्द्य दत्तले दाबी गरे ।

ब्रिटानियाका बिस्कुटबाहेक पाउरोटी, केक, रस्क, चिज, दूध, दहीलगायतका उत्पादनहरु रहेका छन् ।

विश्वका विभिन्न ६० भन्दा बढी देशहरुमा फैलिएको कम्पनीको वार्षिक व्यापार झन्डै डेढ खर्ब रुपैयाँ बढी रहेको जनाइएको छ ।