Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


हिमानी ट्रस्टले गर्‍यो पाँच सय थान पीपीईलगायत स्वास्थ्य सामाग्री सहयोग


0
Shares

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट बच्न हिमानी ट्रस्टले विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

कोषले उपचारमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै काठमाडौं मेडिकल कलेज सिनामंगललाई पाँच सय थान पिपीइ, विभिन्न प्रकारका मास्कलगायतका विभिन्न स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

कोषले विभिन्न संघ संस्थाहरुलाई पनि मास्क, स्यानिटाइजरलगायत सहयोग गर्दै आएको छ ।

कोषले यसअघि नै सरकारले स्थापना गरेको कोरोना राहत कोषमा एक करोड रुपैयाँ प्रदान गरीसकेको छ ।