कैलाली । सुदूरपश्चिम प्रदेशका एक हजार २२ जनाको कोरोना परीक्षण गरिएको छ । पीसीआर र र्यापिड टेस्ट विधिबाट हिजो मात्रै १ हजार २२ जनाको परीक्षण गरिएको हो ।
पीसीआर विधिबाट ५४ र र्यापिड टेस्ट मार्फत ९ सय ६८ जनाको कोरोना परीक्षण गरिएको प्रदेश स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।
यो सहित अहिलेसम्म प्रदेशमा २ हजार ७ सय १९ जनाको पीसीआर र ११ हजार १ सय ७२ जनाको र्यापिड टेस्ट मार्फत कोरोना परीक्षण भएको छ ।
जसमध्ये सुदूरपश्चिमका विभिन्न जिल्लाका १० जनाको र्यापिड टेस्ट रिपोर्ट पोजेटिभ देखिएको छ । हालसम्म कैलालीमा ३, कञ्चनपुर, डडेल्धुरा र बाजुरमा २-२ तथा अछाममा १ गरी १० जनामा र्यापिड टेस्ट रिपोर्ट पोजेटिभ देखिएको हो ।
१० जना मध्ये अहिलेसम्म ६ जनाको मात्रै पीसीआर परीक्षण गरिएकोमा नेगेटिभ देखिएको केन्द्रले जनाएको छ ।
यस्तै केन्द्रले सुदूरपश्चिम प्रदेश भरि ८२ जनाको रिपोर्ट इरर आएको जनाएको छ । बझाङमा ३६, कञ्चनपुरमा ३०, डडेल्धुरामा १०, अछाम र बाजुरमा २-२ तथा दार्चुलामा एक जनाको रिपोर्ट इरर आएको हो ।
प्रदेशका अस्पतालहरुबाट अहिलेसम्म ४ जना कोरोना संक्रमितसहित १ सय ६ जना डिस्चार्ज भइसकेका छन ।








प्रतिक्रिया दिनुहोस्