Logo २१ कार्तिक २०८२, शुक्रबार | Fri Nov 7 2025


मोहना पुल-अत्तरिया ६ लेन सडक निर्माण कार्य पुनः सुचालु, लकडाउनले समस्यामा परेका मजदुर खुशी


0
Shares

-विराज रोस्यारा/ईमेज

कैलाली । लकडाउनका कारण एक महिनादेखि रोकिएको मोहना पुलअत्तरिया ६ लेन सडकको निर्माण कार्य पुनः सुरु भएको छ ।

लकडाउनकै बीच सामाजिक दुरी कायम गर्ने निर्णय भएसँगै जिल्ला प्रशासन कार्यालय कैलालीले काम गर्ने स्वीकृति दिएपछि काम सुरु भएको आयोजनाले जनाएको छ ।

धनगढी–अत्तरिया ६ लेन सडकको काम हालसम्म ६० प्रतिशत मात्र सम्पन्न भएको छ ।

सम्झौता अनुसार यही जेठभित्र सम्पन्न गर्नुुपर्ने सडकको काम सम्पन नहुने भएपछि आगामी माघ दोस्रो साताका लागि म्याद थप गरिएको छ ।

लकडाउनका कारण एक महिना खाली बसेका मजदुर काम सुरु भएपछि खुशी भएका छन् ।

ठेकेदारले फागुनमा काम गरेको पारिश्रमिक नदिएका कारण पैसा पाइन्छ भन्ने आशामा काम गर्न आएको कामदारको भनाई छ ।

लकडाउनले दैनिक जिवन यापन गर्न समस्या भएको उनीहरुले गुनासो गरेका छन् ।

भारत र तेस्रो मुलुकसँगको व्यापार सहजिकरणका लागि धनगढीको मोहना पुलदेखि अत्तरियासम्म ६ लेन सडक विस्तारको काम हुँदै आएको थियो ।

लकडाउनका कारण रोकिएको सडक विस्तार गर्न अब तीन वटा ठेक्कामा करिब एक सय जना मजदुरले काम पाउने छन् ।

मोहनापुल –अत्तरिया ६ लेन सडक आयोजनाका इन्जिनियर लक्ष्मण रावलले जिल्ला प्रशासनले स्वीकृति दिएपछि सामाजिक दुरी कायम गरेर काम थालिएको बताए ।

एक अर्ब ६८ करोडको लागतमा यो आयोजना ३ खण्डमा छुट्याएर फरकफरक निर्माण कम्पनीमार्फत काम भइरहेको छ ।

तीनवटै सडक खण्डमा एकातर्फको पिचको काम ८० प्रतिशत पूरा भएपनि अर्कोतर्फ भने काम सुरु नै नभएको आयोजनाले जनाएको छ ।