Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


नेप्से साढे ६ अंकले उकालो


0
Shares

काठमाडौं, साउन २९ । मंगलबार पनि सेयर बजार सामान्य अंकले सकारात्मक रह्यो ।

उतार–चढावबीच बजार परिसूचक नेप्से साढे ६ अंकले उकालो लागेर ११ सय ८० कायम भयो ।

होटल र अन्य समूह नगन्य अंकले रातो रहेबाहेक अरु समूह हरियो रहे ।

निर्जीवन बिमा समूह सबैभन्दा उच्च ५० अंकले उकालो लाग्यो । विकास बैंक समूह, जीवनबिमा समूह र वित्त समूह दोहोरो अंकले सुधारिए ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १६० कम्पनीका ७ लाख ३२ हजार कित्ता सेयर १९ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।