
काठमाडौं, वैशाख १३ । विश्व महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरसका कारण मृत्यु हुने र संक्रमितको संख्या हजारौंले बढिरहेको छ ।
पछिल्लो तथ्यांकअनुसार विश्वभर एक लाख ९८ हजार ७३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । संक्रमितको संख्या भने २८ लाख ५० हजार ३८७ पुगेको छ ।
संक्रमितमध्ये आठ लाख १२ हजार ३०३ जना उपचारपछि निको भएका छन् ।
कोरोनाका कारण सबैभन्दा बढी आक्रान्त बनेको अमेरिकामा नौ लाख २५ हजार ७५८ जना संक्रमित हुँदा ५२ हजार २१७ जनाको मृत्यु भएको छ ।
स्पेनमा दुई लाख १९ हजार ७६४ जना संक्रमित हुँदा २२ हजार ५२४ जनाको मृत्यु भएको छ ।
त्यसैगरी, इटालीमा संक्रमितको संख्या एक लाख ९२ हजार ९९४ पुग्दा मृतकका संख्या २५ हजार ९६९ पुगेको छ ।
फ्रान्समा एक लाख ५९ हजार ८२८ जना संक्रमित छन् भने २२ हजार २४५ जनाकोे मृत्यु भएको छ ।
जर्मनीमा एक लाख ५५ हजार ५४ जना संक्रमित भएका छन् । मृतकको संख्या पाँच हजार ७६७ पुगेको छ ।
यस्तै, बेलायतमा एक लाख ४३ हजार ४६४ जना संक्रमित हुँदा १९ हजार ५०६ जनाको मृत्यु भएको छ ।
भारतमा २४ हजार ९४२ जना संक्रमित हुँदा ७८० जनाको मृत्यु भएको छ ।
पाकिस्तानमा संक्रमितको संख्या १२ हजार २२७ पुग्दा २८३ जनाको मृत्यु भएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्