३१ असार २०८२, मंगलबार | Wed Jul 16 2025


‘धनी राष्ट्रले महामारीको बेलामा सहयोग गरेनन्’


0
Shares

काठमाडौं, वैशाख १३ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले कोरोना महामारीसँग जुधिरहँदा विश्वका कुनैपनि मुलुकले एक डलर पनि सहयोग नगरेको दुखेसो गरेका छन् ।

उनले अन्तर्राष्ट्रिय मुद्रा कोषले ऋण दिनुबाहेक कुनैपनि धनी राष्ट्रले आफ्नो मुलुकलाई महामारीको बेलामा सहयोग नगरेको बताए ।

पाकिस्तानी प्रधानमन्त्री खानले अहिलेको विषम परिस्थितिबाट पार पाउन आर्थिक सहयोग गर्न धनी राष्ट्रहरुलाई आग्रहसमेत गरे ।

पाकिस्तानमा कोरोना संक्रमितको संख्या ११ हजार ९४० पुगेको छ भने २५३ जनाको मृत्यु भइसकेको छ ।

कोरोना नियन्त्रण र रोकथामका लागि जारी ‘लकडाउन’ वैशाख २७ गतेसम्मका लागि बढाइएको छ । (एजेन्सी)