अमेरिकामा श्रेष्ठले जिते एमी अवार्ड « Imagekhabar – Online News Portal of Nepal
१५ असार २०७९, बुधबार | Thu Jun 30 2022


अमेरिकामा श्रेष्ठले जिते एमी अवार्ड


1.105k
Shares

काठमाडौं । अमेरिका निवासी नेपाली मूलका अभिनेता तथा निर्माता जसवन्त देव श्रेष्ठले अमेरिकामा भएको एमी फेस्टिभलमा एमी अवार्ड हात पारेका छन् ।

हलिउडमा टेलिभिजनतर्फको ओस्कार मानिने प्रतिष्ठित अवार्ड कार्यक्रममा श्रेष्ठले वृत्तचित्र ‘फेस्टिभल अफ सरस्वति पुजा’बाट अवार्ड जितेका हुन् ।

नेसनल एकेडेमी अफ टेलिभिजन आर्ट्स एन्ड साइन्सेज प्यासिफिक साउथवेस्टले आइतबार राति आयोजना गरेको अवार्ड समारोहमा उनले ट्रफी उचाले ।

उनले पहिलो नेपाली चलचित्र निर्माताका रुपमा प्यासेफिक साउथवेष्ट एमी अवार्ड जितेर इतिहास रच्न सफल भएका छन् ।

अहिलेसम्म उनका श्रृजनाहरु ९ पटक एमी अवार्डको नोमिनेशनमा परे पनि यसपटक मात्र अवार्ड जित्न सफल भएका छन् ।

श्रेष्ठद्वारा निर्देशित फिल्ममा ज्ञान र कलाकी माता मानिने सरस्वती पूजाको महत्व र संस्कृतिका पाटोलाई चित्रण गरिएको थियो ।

उनले नेपाली संस्कृतिलाई जोगाउने अभियानको रुपमा आफू अझै अघि बढ्ने भन्दै आफूलाई मतदान गर्ने एमीका सदस्यसहित नेपालीलाई धन्यवाद दिए ।

श्रेष्ठ लामो समयदेखि अमेरिकाको क्यालिफोर्नियामा स्थायी बसोबास गर्दै आइरहेका छन् ।