Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


कोरोनाले पूर्वाधार निर्माण अवरुद्ध


0
Shares

सुर्खेत, वैशाख १३ । सरकारले कोरोना संक्रमण फैलिन नदिन ‘लकडाउन’ घोषणा गरेसँगै कर्णाली प्रदेशमा पनि भौतिक पूर्वाधार निर्माण र मर्मतका काम अवरुद्ध भएका छन् ।

प्रदेशका १० ओटै जिल्लामा निर्माणाधीन सडक, पुल, कुलोलगायत पूर्वाधार निर्माणका काम अवरुद्ध भएका हुन् ।

निर्माणाधीन आयोजना यो वर्ष सम्पन्न गर्नसक्ने अवस्था नभएकाले अर्काे वर्षमा क्रमागत रुपमा जाने भौतिक पूर्वाधार निर्देशनालयले जनाएको छ ।

थोरै मजदुरहरु र यान्त्रिक उपकरण प्रयोग गरेर गर्न मिल्ने निर्माणका काम अघि बढाउन सरकारलाई अनुरोध गरिएको कर्णाली प्रदेशका पूर्वाधार विकास निर्देशालयका निर्देशक वासुदेव पौडेलले जानकारी दिएका छन् ।