Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


मुख्यमन्त्री राई स्वास्थ्य सामग्री लिएर गृहजिल्लामा


0
Shares

भोजपुर, वैशाख १३ । प्रदेश नम्बर–१ का मुख्यमन्त्री शेरधन राई कोरोनाभाइरस परीक्षणका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री लिएर भोजपुर आएका छन् ।

हतुवागढी गाउँपालिका–६ का एक युवामा कोरोना पुष्टि भएपछि ‘पीपीई’, थर्मल गन, मास्कलगायतका स्वास्थ्य सामग्री गाउँपालिकालाई हस्तान्तरण गर्न मुख्यमन्त्री गृहजिल्ला आएका हुन् ।

राईले गाउँपालिकाका अध्यक्ष, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीहरुलाई ढुक्क भएर उपचारमा लाग्न आग्रह गरे ।