Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


गण्डकीमा ‘लकडाउन’ विस्तारै खुकुलो बनाउने मुख्यमन्त्रीको प्रस्ताव


0
Shares

प्रदीप पौडेल (इमेज)

पोखरा, वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले ‘लकडाउन’को स्वरुप कस्तो बनाउने भन्ने विषयमा सरोकालवालासँग छलफल गरेका छन् ।

गण्डकी प्रदेशका ११ ओटै जिल्लामा अहिले कोरोना संक्रमण नभएकोले सीमानाका बन्द गर्दै आन्तरिकरुपमा लकडाउन विस्तारै खुकुलो बनाउनुपर्ने प्रस्ताव उनले गरेका छन् ।

लकडाउनको आगामी रणनीतिबारे उनले सरोकारवालासँग सुझाव लिएका हुन् ।

खासगरी निर्माण र कृषिका क्षेत्रमा लकडाउन खुकुलो बनाउने पक्षमा मुख्यमन्त्री गुरुङ लागिरहेका छन् ।

गण्डकी प्रदेशको बागलुङमा कोरोनाभाइरसबाट संक्रमित दुईजना उपचारपछि निको भइ घर फर्किएको र प्रदेशमा अन्य संक्रमण फेला नपरेकाले केही खुकुलो बनाउने विषयमा छलफल भएको जनाइएको छ ।

कडा अनुगमनका साथ लकडाउन खुकुलो बनाउनुपर्ने सुझाव  सरोकारवालाले मुख्यमन्त्रीलाई दिएका थिए ।

जिल्ला र प्रदेशबाहिर आवत–जावत गर्न नदिने तर उद्योगधन्दा, कलकारखाना र केही आवश्यक सेवा क्षेत्रलाई खुकुलो बनाउनुपर्ने उनीहरुको सुझाव थियो ।

गएको चैत ४ गते बेल्जियमबाट नेपाल आएका बागलुङका दुईजनामा कोरोना संक्रमण भेटिएपछि प्रदेशमा ठूलो त्रास थियो ।