Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


काठमाडौंमा अलपत्र ६४८ जना ताप्लेजुङ आइपुगे


0
Shares

ताप्लेजुङ, वैशाख १३ । काठमाडौंमा अलपत्र परेका ताप्लेजुङका ६४८ जना शनिबार बिहान जिल्ला आइपुगेका छन् ।

ताप्लेजुङ सरोकार केन्द्र काठमाडौंले समन्वय गरी उनीहरुलाई गृहजिल्ला पठाएको हो ।

२१ ओटा बसबाट उनीहरुलाई जिल्ला पुर्‍याइएको हो ।

शुक्रबार साँझ पाँचथर पुगेका उनीहरुलाई शनिबार बिहान ताप्लेजुङ–पाँचथरको सिमानामा पर्ने काबेलीस्थित ‘हेल्थडेस्क’मा सामान्य स्वास्थ्य परीक्षण गरेर गृहजिल्ला प्रवेश गराइएको थियो ।