३२ असार २०८२, बुधबार | Wed Jul 16 2025


साउदीमा कोर्रा हान्ने सजाय खारेज


0
Shares

काठमाडौं, वैशाख १३ । साउदी अरबमा दशकौंदेखि कायम रहेको कोर्रा हान्ने सजाय खारेज भएको छ ।

साउदी अरबको सर्वोच्च अदालतले कोर्रा हान्ने सजायले मानवअधिकार हनन् भएको भन्दै रोक लगाउन निर्देशन दिएको हो ।

सर्वोच्च अदालतले कुनैपनि अभियुक्तलाई कोर्रा हान्ने सजायको सट्टा जेल सजाय र जरिवाना गर्न निर्देशन दिएको छ ।

सर्वोच्च अदालतको यो आदेशलाई साउदी अरबका राजा सलमान र राजकुमार मोहमद बिन सलमानले स्वागत गरेका छन् ।

विश्वमै साउदी अरब मानवअधिकार हनन् हुने देशको रुपमा परिचित छ । जहाँ शासकविरुद्ध बोलेकै भरमा पक्राउ गरी कोर्रा हानेर सजाय दिने गरिन्छ । (एजेन्सी)