Logo २२ चैत्र २०८२, आइतबार | Mon Apr 6 2026


नेपाल जापानसँग १–० ले पराजित


0
Shares

काठमाडौं, साउन २९ । एसियाली खेलकुद (एसियाड)को फुटबलमा नेपालले जापानविरुद्ध सुधारोन्मुख प्रदर्शन गरेको छ ।

इन्डोनेसियामा सुरु भएको एसियाडको १८औं संस्करणको पहिलो खेलमा नेपाल मंगलबार जापानसँग १–० ले पराजित भएको हो ।

खेलको ७ मिनेटमै गोल गर्दै जापानले अग्रता लिएको थियो । त्यसपछि भने नेपालले जापानलाई रोक्यो ।

एसिया कपमा जापानसँग नेपालको यो चौथो हार हो । यसअघि, दुईपटक समान ५–० र एकपटक ४–० ले पराजित भएको नेपालको यो सुधारोन्मुख प्रदर्शन हो ।

नेपालले अहिलेसम्म एसिया कपमा १५ गोल खाँदा एक गोल पनि गर्न सकेको छैन ।

एसियाडको समूह ‘डी’मा रहेको नेपालले समूह चरणमा जापानसँगै भियतनाम र पाकिस्तानसँग खेल्नेछ ।

यो समूहको पहिलो खेलमा मंगलबारै भियतनामले पाकिस्तानलाई ३–० ले हराएको छ ।

अरु खेलहरुमा चीनले इस्ट टिमोरलाई ६–० ले तथा उज्वेकिस्तानले बंगलादेशलाई ३–० ले हरायो ।