Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


हेटौंडा उपमहानगरपालिकाद्वारा स्यानिटाइजेसन अनिवार्य


0
Shares

हेटौंडा, वैशाख १३ । हेटौंडा उपमहानगरपालिकाले मकवानपुर जिल्ला भित्रने र बाहिरिने सवारी–साधनमा यात्र गर्नेहरुलाई अनिवार्य स्यानिटाइजेसन गर्नुपर्ने नियम लागू गरेको छ ।

यसका लागि उपमहानगरपालिकाको रातोमाटे चेकपोस्टमा २०० लिटर क्षमताको स्वचालित स्यानिटाइजेसन मसिन राखिएको छ ।

यो मसिनले दैनिक २५ सय जनासम्मलाई सेनिटाइनजेसन गर्नसक्ने जनाइएको छ ।

स्यानिटाइजेसनको व्यवस्थापछि कोरोना संक्रमण नियन्त्रण रोकथाममा सहयोग पुग्ने उपमहानगरपालिकाको विश्वास छ ।