
बारा, वैशाख १३ । मौसममा आएको परिवर्तनसँगै बाराका मकै किसानहरु समस्यामा परेका छन् ।
छिनछिनमा भइरहेको मौसम परिवर्तनका कारण भाँचेको मकै मसिनमा राख्न र सुकाउन नपाउँदा उनीहरुलाई समस्या भएको हो ।
मकै नसुक्दा खरिदकर्ताले पनि नकिन्ने र मकै यत्तिकै कुहिँदा श्रम र लगानी खेर जाने उनीहरुको देखेसो छ ।
उचित भन्डारणको व्यवस्था मिलाउन किसानहरुले सरकारसँग माग गरेका छन् ।
बाराको उत्तरी क्षेत्रका तीन स्थानीय तहका करिब सात हजार हेक्टरमा मकैबाली लगाइने गरेको कृषि ज्ञान केन्द्र बाराले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्