Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


पाँचथरका स्थानीय तहले काठमाडौंमा अलपत्र परेकालाई जिल्ला ल्याउँदै


0
Shares

पाँचथर, वैशाख १३ । पाँचथरका स्थानीय तहहरुले काठमाडौंमा अलपत्र परेकाहरुलाई जिल्ला ल्याउने तयारी गरेका छन् ।

‘लकडाउन’का कारण अलपत्र परेका विद्यार्थी, ज्याला मजदुरी गर्नेहरुलाई जिल्ला ल्याउन पहल थालिएको हो ।

पछिल्लो समय ३०० बढी नागरिकहरु जिल्ला भित्रन लागेको सहायक प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद न्यौपानेले बताए ।