१० भाद्र २०८२, मंगलबार | Tue Aug 26 2025


इटालीमा पुल भत्कियो, कम्तीमा २२ जनाको मृत्यु


0
Shares

काठमाडौं, साउन २९ । इटालीमा एक पुल भत्कँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ । घटनामा अरु थुप्रै घाइते भएका छन् ।

इटलीको गेनोआमा रहेको पुल एक्कासि भत्कँदा पुलमा गुडिरहेका थुप्रै सवारी–साधन करिब ९० मिटर तल खसेका छन् ।

सन् १९६० मा बनेको प्रख्यात मोरान्दी पुल इटालीमा आउने आँधीका कारण जीर्ण बन्दै गएको थियो ।

इटलीमा केही दिनदेखि जारी वर्षाका कारण जीर्ण बन्दै गएको पुल भत्केको हुनसक्ने आंकलन गरिएको छ ।

घटनामा दर्जनौं सवारी–साधनमा क्षति पुगेको छ । घटनाबारे अनुसन्धान थालिएको छ । (एजेन्सी)