Logo ९ चैत्र २०८२, सोमबार | Tue Mar 24 2026


अमेरिकाले नेपाली सेनामार्फत एसपीपी अघि बढाउन खोज्नु गम्भीर : वर्षमान पुन


364
Shares

काठमाडौं । अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बारे नेपाली सेनाले अमेरिकी राजदुतावासलाई सोझैं पत्राचार गरेको भन्दै नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

पूर्वअर्थमन्त्री समेत रहनु भएका नेता पुनले परराष्ट्र मन्त्रालय, रक्षा मन्त्रालय, कानून मन्त्रालय कसैलाई पनि जानकारी नै नदिई नेपाली सेनाले सो विषयमा सोझै पत्राचार गर्ने काम गम्भिर भएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको हो ।

मदन भण्डारी फाउन्डेशनले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले अब यस्ता घटना हुन नदिन सरकार र राजनीतिक नेतृत्वलाई सचेत हुन पनि पटकपटक आग्रह गर्नुभयो ।