Logo ७ असार २०८३, आइतबार | Mon Jun 22 2026


सुकुम्बासीलाई चाँडो जग्गाको स्वामित्व दिन आयोगलाई गृहमन्त्री खाँणको निर्देशन


195
Shares

बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले भूमि आयोगलाई परिणाम दिनेगरी काम गर्न निर्देशन दिनुभएको छ ।

उहाँले भूमिहिन सुकुम्बासीलाई जतिसक्दो चाँडो जग्गाको स्वामित्व प्रदान गर्न आयोगलाई निर्देशन दिनुभएको होे ।

राष्ट्रिय भूमि आयोगले लुम्बिनी प्रदेश स्तरीय जिल्ला समितिका पदाधिकारीहरुका लागि शनिबार बुटवलमा आयोजना गरिएको अभिमुखिकरण गोष्ठीमा बोल्दै मन्त्री खाँणले प्रकृया पुरा गरेर जतिसक्दो चाडो भूमिहिनलाई जग्गाधनी पुर्जा वितरण गर्न आयोगका पदाधिकारीहरुलाई निर्देशन दिनुभएको हो ।

पुर्जा वितरण गर्दा कुन पार्टीले जित्ला हार्ला भन्ने कुरालाई ध्यान नदिन पनि उहाँको आग्रह छ ।

उहाँले भूमिहिन सम्बन्धि सबै समस्या समाधान गरेर यो समस्या सदाका लागि अन्त्य हुने पनि विश्वास व्यक्त गर्नुभयो ।