३२ असार २०८२, बुधबार | Wed Jul 16 2025


भूकम्पपछिको पुनःनिर्माणका सिकाइ संस्थागत गर्न जोड


0
Shares

काठमाडौं, वैशाख १२ । भूकम्पपछिको पुनःनिर्माणका सिकाइ संस्थागत गर्न जोड दिइएको छ ।

‘गोरखा भूकम्प’को पाँचौं स्मृति पारेर शुक्रबार राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले गरेको ‘भर्चुअल’ अन्तरक्रियामा पुनःनिर्माणका सिकाइ संस्थागत गर्न जोड दिइएको हो ।

प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनःनिर्माणमा प्राप्त अनुभवहरुलाई संस्थागत गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण एवं तीनै तहका सरकारहरुसँग निकट भएर काम गरिरहेको जानकारी दिए ।

उनले ‘कोभिड–१९’ का कारण उत्पन्न परिस्थितिका कारण पुनःनिर्माणका कामहरु प्रभावित भएको उल्लेख गर्दै ऐनले दिएको सुविधाअनुसार समय थप गर्ने वा नगर्नेबारे छलफल भइरहेको बताए ।

प्राधिकरणका सचिव रामकृष्ण सापकोटाले पुनःनिर्माणका कार्यहरु तोकिएको समयमा सम्पन्न हुने बताएका थिए ।