Logo ८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026


बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा ३ जना पक्राउ


858
Shares

बझाङ । बझाङको बुंगल नगरपालिकामा बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा तीन जना किशोर पक्राउ परेका छन्।

बुंगल नगरपालिकाकी १२ वर्षीय बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा सोही ठाँउका तीन जना किशोर पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको हाे। बालिकाका आफन्तले दिएको जाहेरीका आधारमा प्रहरीले सोही ठाँउका १४, १५ र १६ वर्षीय किशोरलाई पक्राउ गरेको हो।

गत जेठको दोस्रो साता बालिकाका आमाबुबा रोपाइँमा गएको बेला तीनै जनाले सामूहिक बलात्कार गरेको पीडित पक्षले जनाएको छ। तीनै जनाले बलात्कार गरेर कसैलाई भनेमा मार्ने धम्की दिएको पीडित पक्षको भनाइ छ । बालिकाको स्वास्थ्यमा समस्या देखिएपछि सोधपुछ गर्दा बलात्कार भएको बताएपछि जाहेरी दिन ढिलाइ भएको पीडितका आफन्तले बताएका छन्।

जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको टोलीले तीनै जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरेको कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जनक ढुंगानाले जानकारी दिनुभएकाे हाे।