सुर्खेत, वैशाख १२ । कर्णाली प्रदेश अस्पतालमा ‘टेलिमेडिसिन’ अर्थात् दूर चिकित्सा सेवा सुरु गरिएको छ ।
दुर्गम भेगका नागरिकलाई विशेषज्ञ चिकित्सकमार्फत् स्वाथ्योपचारमा सहयोग पुर्याउन टेलिमेडिसिन सेवा सुरु गरिएको हो ।
कर्णालीका १० ओटै स्वास्थ्य संस्थामा रहेका बिरामीलाई प्रदेश अस्पतालका विशेषज्ञ चिकित्सक वा स्वास्थ्यकर्मीले उपचारका लागि आवश्यक सल्लाह र परामर्श दिने गरी टेलिमेडिसिन सेवासहितको कक्ष स्थापना गरिएको हो ।
प्रदेश अस्पतालका चिकित्सकले टेलिमेडिसिनकक्षमा बसेर भिडियोमार्फत् दुर्गमका स्वास्थ्यकर्मीलाई विशेषज्ञ चिकित्सक परामर्श दिनेछन् ।
प्रदेशको सामाजिक विकास मन्त्रालयको सहयोगमा सुरु गरिएको यो सेवाबाट चारजना बिरामीलाई विशेषज्ञ सेवा दिइसकिएको छ ।
टेलिमेडिसिनकक्षबाट प्रदेशका जुनसुकै स्वास्थ्य संस्थामा पुगेका बिरामीहरुको लक्षण र चिह्न तथा समस्या पहिचान गरी उपचारका साथै आवश्यक परे ‘रिफर’ गर्नका लागिसमेत सघाउने अस्पतालका निर्देशक डा. डम्मर खड्काले जानकारी दिए ।








प्रतिक्रिया दिनुहोस्