Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


सर्लाहीमा हावाहुरीसहित असिना–पानी, बालीनालीमा क्षति, दुईजना घाइते


0
Shares

सर्लाही, वैशाख १२ । सर्लाहीमा शुक्रबार दिउँसो हावाहुरीसहित परेको असिना–पानीले जिल्लाको उत्तरी भेगमा क्षति पुर्‍याएको छ ।

असिनाले लालबन्दी नगरपालिका–१३, पत्थरकोट र मलंगवामा किसानले लगाएको बालीमा क्षति पुर्‍याएको हो ।

असिनाले आँप, लिची तथा अन्य फलफूल र मकैबालीमा क्षति पुर्‍याएको हो ।

आँप र लिचीमा भर्खर लाग्न थालेको दाना असिनाले झारेको छ ।

खपडाको छानो भएको घरमा पनि क्षति पुगेको लालबन्दीका स्थानीय विनोद थापाले जानकारी दिए ।

असिनाले लाग्दा दुईजना व्यक्ति घाइतेसमेत भएका छन् ।