बागलुङ, वैशाख १२ । कोरोनाभाइरसको संक्रमणबाट जोगिन बागलुङका सञ्चारकर्मीलाई शुक्रबार सुरक्षा सामग्री र औषधि प्रदान गरिएको छ ।
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश, पत्रकार महासंघ बागलुङ शाखा र बागलुङ नगरपालिकाको स्वास्थ्य शाखाको सहयोगमा समाचार संकलन गर्ने सञ्चारकर्मीलाई मास्क, स्यानिटाइजर, ग्लोब्सलगायतका सुरक्षा सामाग्री प्रदान गरिएको हो ।
कोरोनाको जोखिमबाट बचेर समाचार संकलनमा सहजता ल्याउनका लागि सुरक्षा सामग्री वितरण गरिएको नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष दिल शीरिषले बताए ।
क्रियाशील पत्रकार र प्रत्येक मिडिया हाउसलाई सुरक्षा सामग्रीसहित सिटामोल र भिटामिन ‘सी’ ट्याबलेटसमेत वितरण गरिएको हो ।









प्रतिक्रिया दिनुहोस्