
काठमाडौं, वैशाख १२ । विश्वभर कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या एक लाख ९१ हजार ४२२ पुगेको छ । संक्रमितको संख्या भने २७ लाख ३६ हजार १७३ पुगेको छ ।
संक्रमितमध्ये सात लाख ५१ हजार ७९९ जना उपचारपछि निको भएका छन् ।
अमेरिकामा कोरोनाभाइरसका कारण आठ लाख ८६ हजार ७०९ जना संक्रमित हुँदा ५० हजार २४३ जनाको मृत्यु भएको छ ।
स्पेनमा दुई लाख १३ हजार २४ जना संक्रमित हुँदा २२ हजार १५७ जनाको मृत्यु भएको छ ।
त्यसैगरी, इटालीमा संक्रमितको संख्या एक लाख ८९ हजार ९७३ पुग्दा २५ हजार ५४९ जनाको मृत्यु भएको छ ।
फ्रान्समा एक लाख ५८ हजार १८३ जना संक्रमित छन् भने २१ हजार ८५६ कोे मृत्यु भएको छ ।
जर्मनीमा एक लाख ५३ हजार १२९ जना संक्रमित भएका छन् । मृतकको संख्या पाँच हजार ५७५ पुगेको छ ।
बेलायतमा एक लाख ३८ हजार ७८ संक्रमित हुँदा १८ हजार ७३८ जनाको मृत्यु भएको छ ।
भारतमा पनि संक्रमितको संख्या एकैदिन एक हजारको दरले बढेर २३ हजार ५०२ पुगेको छ भने ७२२ जनाको मृत्यु भएको छ ।
त्यसैगरी, पाकिस्तानमा संक्रमितको संख्या ११ हजार १५५ पुग्दा २३७ जनाको मृत्यु भएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्