काठमाडौं । विश्व बैंकले डिजिटल नेपाल रूपान्तरणका लागि करिब सवा १७ अर्ब रुपैयाँ ऋण सहायता स्वीकृति गरेको छ ।
विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले डिजिटल नेपाल एक्सेलेरेसन परियोजनाका लागि सो रकम बराबरको ऋण सहायता स्वीकृत गरेको विश्व बैंक नेपालले जनाएको छ ।
यो सहायता ब्रोड ब्याण्डको पहुँच विस्तार र डिजिटल अर्थतन्त्रमा सहभागिता वृद्धि गर्न खर्च गरिने भएको छ ।
माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका कन्ट्री निर्देशक फारिस हदाद जेर्भोसले समावेशी र सुरक्षित डिजिटल अर्थतन्त्रलाई प्रवद्र्धन गर्न सहायता सहयोगी हुने बताउनुभयो ।
परियोजनाले डिजिटल नेपाल फ्रेमवर्कको रणनीति कार्यान्वयनमा सहयोग गर्ने विश्व बैंकले जनाएको छ ।
ग्रामीण भेगमा गुणस्तरीय डिजिटल ब्रोड ब्याण्ड सेवा विस्तारमा यो परियोजनाले काम गर्नेछ ।









प्रतिक्रिया दिनुहोस्