२९ बैशाख २०८२, सोमबार | Mon May 12 2025


राष्ट्रपतिद्वारा दुई अध्यादेश खारेज


0
Shares

काठमाडौं, बैशाख १२ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा शुक्रबार दुई अध्यादेश खारेज गरीन् ।

ती अध्यादेश यही वैशाख ८ गते जारी गरिएको थियो ।

नेपालको संविधानबमोजिम ‘संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधि (पहिलो संशोधन) र राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७ खारेज गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले शुक्रबार जारी गरेको  विज्ञप्तिमा जनाइएको छ । रासस