Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


प्रयोगविहीन सामान संकलन गरी जीविकोपार्जन गर्नेको दैनिकी कस्टकर


0
Shares

सर्लाही, वैशाख १२ । ‘लकडाउन’ लम्बिँदै जाँदा प्रयोगविहीन सामान संकलन गरी जीविकोपार्जन गर्दै आएका व्यक्तिको दैनिकी कस्टकर बन्दै गएको छ ।

सर्लाहीमा पूर्व–पश्चिम राजर्मागसहित प्रमुख बजार क्षेत्रमा फालिएका र घरमा रहेका प्रयोगविहीन सामान बटुलेर जीविकोपार्जन गर्ने मजदुरहरु लकडाउन लम्बिँदै जाँदा समस्यामा पर्न थालेका छन् ।

लकडाउनले गर्दा उनीहरु प्लास्टिक र धातुजन्य सामग्री संकलन गर्न पाइरहेका छैनन् ।

आम्दानीको स्रोत नै बन्द भएपछि उनीहरुलाई बिहान–बेलुकी हात–मुख जोड्न समस्या परेको छ ।

प्रयोगविहीन सामग्री संकलन गर्नेहरुले दैनिक एकदेखि पाँच हजार रुपैयाँसम्म कमाउने गर्दथे ।