Logo २२ चैत्र २०८२, आइतबार | Mon Apr 6 2026


कप्तान पारस एक्सपर्ट एजुकेसनका सद्भावनादूत नियुक्त


0
Shares

काठमाडौं, साउन २९ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कालाई एक्सपर्ट एजुकेसन एन्डा भिजा सर्भिसेजले सद्भावनादूत नियुक्त गरेको छ ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा एक्सपर्ट एजुकेसनका प्रमुख कार्यकारी अधिकृत सन्जिव शर्मा तथा क्रिकेटर खड्काले सोसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरे ।

नेपाली क्रिकेटमा लगातार सहयोग र प्रायोजन गर्दै आएको एक्सपर्ट एजुकेसनले क्रिकेटर शक्ति गौचनद्वारा सन्चालित स्टार क्रिकेट एकेडेमीलाई पनि डेढ लाख रुपैयाँ सहयोग गरेको छ ।

एक्सपर्ट एजुकेसनले हाल युवा क्रिकेटरहरुलाई लक्षित गरी स्कुल प्रिमियर लिग तथा कलेज प्रिमियर लिग क्रिकेट प्रतियोगिता आयोजना गर्दै आएको छ ।