Logo ७ असार २०८३, आइतबार | Mon Jun 22 2026


प्राविधिक ज्ञानको कमीका कारण अलैैंची खेती फस्टाउन सकेन्


182
Shares

ओखलढुंगा । ओखलढुंगामा अलैंचीमा लाग्ने रोग तथा प्राविधिक ज्ञानको कमीका कारण अलैंची खेती फस्टाउन सकेको छैन्।

एक दशक अघिदेखि यस जिल्लाका किसानले लगाउन सुरु गरेको अलैंची खेती अहिले घट्दै गएको छ। कृषि ज्ञान केन्द्रको तथ्यांक अनुसार जिल्लामा अहिले २९ हेक्टर क्षेत्रमा अलैंची खेती हुँदै आएको छ। २ वर्षअघि ३५ हेक्टर क्षेत्रमा अलैंची खेती भएपनि त्यसयता यो खेती खस्कदै गएको हो।

अलैंचीबाट आम्दानी गर्ने सपना बुनाएर थालेको खेती रोग नियन्त्रण गर्न नसक्दा खेती नै छाड्नुपरेको सिद्धिचरण नगरपालिका ३ अँधेरीका किसान टिकाराम खत्रीले बताउनुभयो। अलैंचीको मूल्यमा हुने उतारचढावले समेत किसानलाई यस खेतीतर्फ आकर्षित गर्न सकेको छैन्।

ओखलढुंगामा उत्पादन हुने करिब २७ मेट्रिकटन अलैंची बिक्रीमा समेत किसानले समस्या भोग्दै आएका छन्।