रसुवा । जिल्ला प्रवेश गर्ने मालवाहक सवारी साधन राख्न क्वारेन्टाइन निर्माण गरिएको छ ।
अत्यावश्यक सामाग्री लिएर जिल्ला प्रवेश गर्ने मालवाहक सवारी साधनलाई २४ घण्टासम्म क्वारेन्टाइनमा राखी किटनाशक औषधी छर्किएर मात्र पठाइने व्यवस्था गरिएको छ ।
कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै उत्तरगया गाउँपालिकाले जिल्ला भित्रिने मालवाहक सवारी साधन राख्नका लागि क्वारेन्टाइन निर्माण गरेको हो ।
उत्तरगया गाउँपालिकाको खाल्टे बगरमा सवारी साधन राख्नका लागि पार्किङ स्थलसहितको क्वारेन्टाइन निर्माण गरेको छ ।
त्यस्तै सवारी चालक र सहचालकलाई गाउँपालिकामा रहेको क्वारेन्टाइनमा राखेर चेकजाँच गरेपछि जिल्लाका अन्य बजारमा प्रवेश गराउने व्यवस्था मिलाइएको गाँउपालिकाका प्रमुख उपेन्द्र लम्सालले जानकारी दिए ।
रसुवामा निर्माणाधिन जलविद्युत् आयोजना तथा अन्य विकास निमार्णका सामाग्रीलगायत खाद्यान्न उत्तरगया गाउँपालिकाको बेत्रावतीबाट मात्रै भित्रिने गरेको छ ।









प्रतिक्रिया दिनुहोस्