१ श्रावण २०८२, बिहिबार | Thu Jul 17 2025


टोटेनहमका स्टार खेलाडी एरिक सयरलाई कारवाही


0
Shares

एजेन्सी । टोटेनहमका स्टार खेलाडी एरिक सयरलाई इङ्ल्यान्ड फुटबल एसोसियसन (एफए) ले जरिवाना गरेको छ ।

गत मार्चमा भएको एफए कप फुटबलअन्तर्गत एफएको नियम उल्लंघन गरेपछि उनलाई कारबाही गरेको एफएले जनाएको छ ।

एफए कपको पाँचौं चरणको खेलमा एरिकले प्यारापिटमा चढेर समर्थकलाई गाली गरेको बताइएको थियो ।

उक्त खेलमा एरिकले गोल गर्न मिस गर्दा उनका दाजु बसेको ठाउँमै पुगेर दर्शकले द्रुव्यवहार गरेका थिए ।

त्यसपछि उनले समर्थकलाई गाली गरेका थिए । उक्त खेल टोटेनहमले पेनाल्टीमा ३–२ ले गुमाएको थियो ।