५९ प्रतिशत व्यक्तिमा ढाड, घुँडा, र पैतलाको समस्या « Imagekhabar – Online News Portal of Nepal
१५ असार २०७९, बुधबार | Wed Jun 29 2022


५९ प्रतिशत व्यक्तिमा ढाड, घुँडा, र पैतलाको समस्या


936
Shares

काठमाडौं । मानिसमा हुने ढाड मुनीको समस्याका सम्बन्धमा कृपा र यूनिर्भसिटी अफ साउथ ह्याम्पटन यूकेले अनुसन्धान गरेको छ ।

नेपालको तीन जिल्ला दाङ, दोलखा र लमजुङको १८ देखि ७० वर्ष समूहको ५ सय व्यक्तिमा गरेको अनुसन्धानमा ५९ प्रतिशत व्यक्तिमा ढाड, घुँडा, कुरकुच्चा तथा पैतलाको समस्या रहेको पाइएको छ ।

यस्तै, दुर्घटना जन्मजात, नशासम्बन्धि समस्या मस्तिष्कघात र मांशपेशीका समस्याका कारण ९१.८ प्रतिशतले काम गर्न छोडेका वा कार्य क्षेत्र परिवर्तन गरिएको अनुसन्धानमा पाइएको छ ।

अनुसन्धानले अपाङगताको क्षेत्रमा केही टेवा पुग्ने र स्वास्थ्य नीतिमा मार्गनिर्देश गर्न सक्ने आशा राखेको छ ।

अनुसन्धानको प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै इपीडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्र्तगतको कुष्ठरोग नियन्त्रण तथा अपाङगता नियन्त्रण शाखाका प्रमुख रविन्द्र बास्कोटाले १० वर्षे योजनामा अपाङगताको विषय समेटेको भए पनि यसको कार्यान्वयनमा र सचेतनामा धेरै काम गर्नुपर्ने बताउनुभयो ।