
web pic
काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जामा निउरो टिप्न गएका एक जनाको बाघको आक्रमणमा परी मृत्यु भएको छ ।
मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२७ की २३ वर्षीया रेखा बस्नेत रहेकी छन् ।
बिहीबार बिहान १०–१२ जनाको समूह निउरो टिप्नका लागि जंगल गएका थिए । सोही समयमा बस्नेतलाई बाघले आक्रमण गरेर जंगलभित्र लगेको थियो ।
मध्याह्न १२ बजेतिर रेखाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । यसअघि जेठ २४ गते निकुञ्ज मुख्यालय कसराको घौलाघारी मध्यवर्ती सामुदायिक वनमा पनि निउरो टिप्न गएकी एक महिलाको मृत्यु भएको थियो ।
गत वर्षको असार ७ गतेयता चितवनमा बाघको आक्रमणमा परेर ज्यान गुमाउनेहरुको संख्या १६ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्