३२ असार २०८२, बुधबार | Wed Jul 16 2025


कोरोनाविरुद्ध लड्न चीन अन्तर्राष्ट्रिय रुपमा तयार, आवश्यकता अनुसार जिम्मेवारी लिने


0
Shares

एजेन्सी । चीनले कोरोना भाइरसको महामारीको सामना गर्न अन्तर्राष्ट्रिय रुपमा तयार रहेको जनाएको छ ।

राजधानी बेइजिङमा भएको नियमित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयले अन्तर्राष्ट्रिय सहकार्यका लागि प्रस्ताव जिम्मेवारी बहन गर्न तयार रहेको जनाएको हो ।

मन्त्रालयका प्रवक्ता कङ सुवाङले नियमित पत्रकार भेटमा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को स्थायी सदस्यका हैसियतमा कोभिड–१९को सम्भावित भिडियो सम्मेलनबारे गरिएको प्रश्नको उत्तरमा उनले चीनले आवश्यकता अनुसार जिम्मेवारी लिन तयार रहेको बताए ।

उनले कोरोनाको विश्वव्यापी समस्या समाधानका लागि अन्तर्राष्ट्रिय सहकार्यका सबै प्रस्तावप्रति चीनको सकारात्मक धारणा रहेको बताए ।