
एजेन्सी । युरोपियन फुटबल महासंघ युइएफएले अर्को सिजनका टिम छान्ने नयाँ मापदण्ड तय गरेको छ ।
कोरोना भाइरसको महामारीका कारण प्रतियोगिताहरु प्रभावित भइरहेका बेला निर्धारित समयमा खेलहरु हुन नसके आगामी वर्षका लागि क्लबहरुको अंकका आधारमा वरियता छनौट गर्ने निर्णय गरेको हो ।
यो सिजनमा शीर्ष युरोपियन लिगहरु सम्पन्न नभएको खण्डमा अर्को सिजनको युरोपियन लिगका लागि स्पोर्टिङ मेरीट अर्थात क्लवहरुले हासिल गरेको अंकका आधारमा छनोट गर्ने युइएफएले निर्णय गरेको छ ।
यो सिजनमा शीर्ष युरोपियन घरेलु लिगहरु सम्पन्न नभएको खण्डमा क्लवहरुले पाएको अंकको तुलना गरेर च्याम्पियनस लिग र युरोपा लिगका लागि क्लवको छनोट गरिने छ ।
निर्यायसँगै यो सिजनको प्रिमियर लिग नसकिए अर्को सिजनमा म्यानचेस्टर सिटी, लिभरपुल, लेस्टर र चेल्सीले च्याम्पियन्स लिगमा स्थान बनाउने सम्भावना रहेको छ ।
यस्तै म्यानचेस्टर युनाइेटड र उल्भरह्याम्टनले युरोपा लिग खेल्ने छन् । आर्सनल र टोटनह्यामले युरोपियन प्रतियोगिता गुमाउने सम्भावना रहेको छ ।
युरोपियन फुटबल महासंघको यो नियम प्रिमियर लिगमा मात्र नभइ सबै शिर्ष युरोपियन लिगमा लागू हुनेछ ।
प्रतिक्रिया दिनुहोस्