काठमाडौं । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताले संसद् हल्लाएको धेरै समय नबित्दै फेरि अमेरिकाकै स्टेट पार्टनरशीप प्रोग्राम (एसपीपी)ले संसद् हल्लाएको छ ।
विभिन्न संचारमाध्यमहरूमा अमेरिकाले नेपाललाई एसपीपी सम्झौतामा हस्ताक्षर गर्न दबाब दिएको भन्दै समाचार प्रकाशित भएपछि मंगलबार संसद्मा यसै विषयलाई लिएर हंगामा मचेको थियो ।
त्यति मात्रै होइन, एसपीपी सम्झौताको दस्तावेज भेटिएको भन्दै केही संचारमाध्यमले समाचारसँगै दस्तावेजको कपी नै सार्वजनिक गरेको थियो ।
यस विषयमा गठबन्धनका शीर्ष नेताहरूले पनि दबाब दिन थालेपछि आज (बुधबार) बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरूको बैठक डाँकी प्रधानमन्त्री देउवाले एसपीपी सम्झौतामा हस्ताक्षर नगर्ने विश्वास दिलाए । तर काठमाडौंस्थित अमेरिकी दूताबासले भने एसपीपी मस्यौदा भनेर सार्वजनिक भएको दस्तावेज नक्कली भएको स्पष्ट पारेको छ ।
यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्