
काठमाडौं, वैशाख ११ । भारतको हरियाणा सरकारले स्थलगत समाचार संकलन गर्ने पत्रकारहरुको १० लाख भारुको जीवन बिमा गरिदिएको छ ।
कोरोनाभाइरसको महामारीकाबीच ज्यान जोखिममा राखी समाचार संकलन गर्ने पत्रकारहरुको हकमा बिमा लागू हुने हरियाणाका मुख्यमन्त्री मनोहरलाल खट्टरले जानकारी दिए ।
मुम्बईमा ५३ जना पत्रकार कोरोना संक्रमित भएका छन् भने चेन्नईको न्यूज च्यानलका २५ कर्मचारी पनि कोरोना ‘पोजिटिभ’ भएको पुष्टि भएपछि हरियाणा सरकारले यो निर्णय गरेको हो ।
यसैबीच, दिल्लीका न्यूज च्यानलमा कार्यरत् सम्पूर्ण पत्रकारहरुको कोरोना परीक्षण अनिवार्यरुपमा गर्न भारत सरकारले सम्पूर्ण न्यूज च्यानलहरुलाई पत्राचार गरेको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्