२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


‘नेपाल मण्डलको जीवित सभ्यतालाई बचाउनुपर्छ’


234
Shares

काठमाडौं । जर्मनका विद्धान एवम् आर्किटेक्चर वोल्फगैंग कोर्नले नेपाल मण्डलको जीवित सभ्यतालाई बचाउनुपर्ने बताउनुभएको छ ।

काठमाडौंको ऐतिहासिक छुस्या बहाःमा बुधबार आयोजित बाखँ न्येनेवा कार्यक्रममा नेपालको कला संस्कृति र सम्पदाको बारेमा आफनो अनुभव सुनाउँदै उहाँले नेपालको सभ्यता अद्धितिय भएको बताउनुभयो ।

काष्ठमण्डप लगायतका विभिन्न मठमन्दिरहरुको सघन नाप समेत गर्नुभएका कोर्नले नेपालको मौलिक सम्पदा विश्व कै धरोहर भएको बताउनुभयो । उहाँले सम्पदा संरक्षणमा भइरहको व्यापारिकरण र राजनीतिकरण प्रति दुःख व्यक्त गर्दे युवापुस्ताले आफ्नो पुर्खाको नासोलाई संरक्षण गर्न पनि जनचेतना आवश्यक रहेको औल्याउनुभयो ।

बाखँ न्येनेवा कार्यक्रम मार्फत सहभागीहरुले नेपालको इतिहासको बारेमा कथा बाचन शैलीमा आफ्नो अनुभव साटासाट गर्दै आएका छन् ।