
काठमाडौं, बैशाख ११ । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका दुईजना कोरोना संक्रमित व्यक्ति निको भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार आयोजना गरेको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले निको हुनेको संख्या ९ जना पुगेको बताए ।
पाटन अस्पतालमा उपचाररत पेप्सीकोलाका ५८ वर्षीय पुरुष र ८१ वर्षीया महिलाहरु निको भएर घर फर्केको डा. देवकोटाले जानकारि दिए । अहिलेसम्म नेपालमा आरडिटी विधिबाट ३४ हजार ५ सय २३ नमुना परीक्षण भएका छन् भने पिसिआर विधिबाट ९ हजार १ सय ९९ परीक्षणहरु भएका छन् ।
कुल ४३ हजार ७ सय २२ वटा परीक्षणहरु भएका छन् । त्यस्तै आजको प्रेस ब्रिफिङमा आइसोलेसनमा देशभरी ८६ जना रहेको जानकारी गराएको छ । काठमाडौँमा ४ जना आइसोलेसनमा छन् भने उपत्यका बाहिर ८६ जना रहेका छन् । क्वारेन्टाइनमा १० हजार ५ सय २३ जना रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्